Logo
१३ असार २०८३, शनिबार
|  Sun Jun 28 2026

यी प्रदेशमा बिहानैदेखि भैरहेछ वर्षा, कहिले आउँछ मौसममा सुधार


देशका विभिन्न भागमा आज वर्षा र हिमपात हुने भएको छ । वाग्मती र प्रदेश १ का केही स्थानमा बिहानैबाट वर्षा र हिमपात भइरहेको छ । आज दिउँसो देशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही तराईका भू–भागमा आंशिक बदली रहनेछ ।

देशको पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही तराईका भू–भागमा सामान्यतया सफादेखी आंशिक बदली रहनेछ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ, भने उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

देशभर चिसो अझै बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । शनिबारबाट मात्र मैसममा सुधार आउने माैसमविद्ले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार