Logo
१३ असार २०८३, शनिबार
|  Sun Jun 28 2026

जोरबिजोरमा बिहानैबाट कडाई, उल्लंघन गर्ने प्रहरीले नियन्त्रणमा


काठमाडौं उपत्यकामा आजबाट सवारी साधनमा जोरबिजोर प्रणाली लागू भएको छ। उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयले यो प्रणाली लागू गरेसँगै विभिन्न क्षेत्रमा ट्राफिक प्रहरीले जाँच शुरु गरेको छ।

शनिवार बिहानैबाट ललितपुरको जावलाखेल चोकमा जोरबिजोर जाँच गर्न प्रहरी खटिएको देखिन्थे। आज जोर दिन भएकोले बिना कारण चलाएका बिजोर सवारी भने प्रहरीले नियन्त्रणमा लिएको देखिन्थ्यो।

यो नियम सार्वजनिक यातायात सहित निजी सवारी साधन र दुई पांग्रे सवारी साधनमा समेत लागू हुने प्रशासनले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार