Logo
१३ असार २०८३, शनिबार
|  Sun Jun 28 2026

गुडिरहेको जिपमा ढुंगा खस्दा तीन जनाको घटनास्थलमै मृत्यु, तीन जना गम्भीर


ओखलढुंगामा गुडिरहेको जिपमा ढुंगा खस्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । सिद्धिचरण नगरपालिका–३ नारायणस्थानमा आइतबार बिहान गुडिरहेको बोलेरो जिपमाथि ढुंगा खस्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

को १ ज ३५६९ नम्बरको जिपमा बाटो माथिबाट ढुंगा खसेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख डीएसपी गोविन्द काफ्लेले जानकारी दिए । ओखलढुंगा निशंखे सडक ग्राभेलको ठेक्का पाएको कान्छाराम कन्सट्रक्सनले स्काभेटर लगाएर बाटोमाथिबाट ढुंगा झिक्ने काम गरिरहेको थियो । त्यही क्रममा ढुंगा खसेर जिपमा लागेको काफ्लेले जानकारी दिए ।

उनका अनुसार जिपमा ६ जना सवार थिए । त्यसमध्ये सिद्धिचरण नगरपालिका– १ तलुवाका १० वर्षीय युसव कोइराला, ७ वर्षीया युनिशा कोइराला र मानेभन्ज्याङ गाउँपालिका–१ मोलीका ३० वर्षीय हेम मगरको मृत्यु भएको हो । यस्तै तलुवाकै लक्ष्मी कोइराला र मोलीका देवबहादुर श्रेष्ठ र चालक सञ्जीव श्रेष्ठको अवस्था गम्भीर छ ।


प्रतिक्रिया दिनुहोस !
विचार