Logo
१३ असार २०८३, शनिबार
|  Sun Jun 28 2026

निस्सासिएर ३ महिने शिशुको मृत्यु, आमा-बुवा बेहोस


भक्तपुरको सूर्यविनायक नगरपालिका-४ दधिकोट गाम्चामा निसासिएर तीन महिनाका शिशुको ज्यान गएको छ।महानगरिय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायव उपरिक्षक राजु पाण्डेले शिशुका बुबाआमाको बेहोस अवस्थामा उपचार भइरहेको जानकारी दिए।

गाम्चामा भावना थापाको जस्ता पाताले छाएको घरमा डेरा गरी बस्ने रामेछाप मन्थलीका ३० वर्षका अभिषेक रम्तेल र पसुना तामाङका तीन महिनाका छोराको उपचारका क्रममा बिहान ज्यान गएको हो।

प्रवक्ता पाण्डेले गएराति आगो तापेर सुतेका उनीहरु बिहान अबेरसम्म नउठेपछि प्रहरीले बिहान झ्याल फोडेर हेर्दा सबै बेहोस अवस्थामा भेटिएको बताए।


प्रतिक्रिया दिनुहोस !
विचार