Logo
२०८१, ३० आश्विन बुधबार
|  Wed Oct 16 2024

विवेकशील साझा पार्टी विभाजनको संघारमा


विवेकशील साझा पार्टीमा विभाजनको खतरा बढेको छ । पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले एकपक्षीय रुपमा केन्द्रीय कमिटीको बैठक बोलाएपछि पार्टी विभाजनको खतरा बढेको हो ।
अध्यक्ष मिश्रले केन्द्रीय कमिटि बैठक बोलाएपछि त्यस पार्टीका संयोजक मिलन पाण्डेले आपत्ति जनाएका छन् भने सो बैठकमा पाण्डे पक्षधर केन्द्रीय सदस्यहरु नजाने बुझिएको छ । रवीन्द्र मिश्रले संघियता र धर्म निरपेक्षताका सवालमा जनमत संग्रहको लाइन लिएपछि विवेकशील साझामा विवाद देखिदै आएको छ भने पूर्व विवेकशील पक्षधर नेताहरुले अलग्गै दस्तावेज सार्वजनिक समेत गरिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार