Logo
१३ श्रावण २०८३, बुधबार
|  Thu Jul 30 2026

झन्डै ११ अंकले घट्यो शेयर बजार, कारोबार रकम सात अर्बभन्दा माथि


साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार १०. ८३ अङ्कले घटेर २९२०.५१ विन्दुमा झरेको छ । आज बीमा, उत्पादन र अन्यबाहेक अरू सबै समूहको शेयर घटेको छ । विकास बैंक समूहको शेयर ७३ अङ्कले, फाइनान्स समूहको शेयर ७२ अङ्कले, होटल समूहको ५२, व्यापारको ४६ र बैंकिङ समूहको शेयर साढे १६ अङ्कले घटेको छ ।

आज दुई सय ३२ वटा कम्पनीको एक करोड ४७ लाख कित्ता शेयर सात अर्ब तीन करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल टेलिकमको ३२ करोड १४ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज साम्लिङ पावर कम्पनीको शेयर साढे ६ प्रतिशत र गुर्खाज फाइनान्सको शेयर साढे पाँच प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि वीन नेपाल लघुवित्त र बुद्धभूमि हाइड्रोको शेयर १० प्रतिशत तथा मैलुङखोला जलविद्युत् कम्पनीको शेयर नौ दशमलव ७३ प्रतिशतले बढेको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार