Logo
१३ असार २०८३, शनिबार
|  Sun Jun 28 2026

काठमाडौंमै अपहरित भए पठाओ राइडर, दुई जना पक्राउ


कोटेश्वरबाट गएराति एक जना पठाओ राइडर अपहरित भएका छन् ।शनिबार राति ११ बजेतिर कोटेश्वरबाट चढेका एक युवाले पठाओ राइडरलाई धापाखेल पु¥याइ अपहरण लुटपाट गरेका हुन् ।महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी यज्ञविनोद पोखरेलका अनुसार धापाखेलमा मुखमा टेप र हातखुट्टा डोरीले बाँधेर नगद ८ हजार र राइडरको मोटरसाइकल पनि लिएर दुई व्यक्ति फरार भएका थिए ।

‘आइतबार बिहान साढे १ बजे स्थानीयले धापाखेलमा बन्धक बनाइएका राइडर काठमाडौंका २५ वर्षीय प्रविन राइलाई हारगुहार गर्दै गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै खटिएको प्रहरी टोलीले उद्दार गरी उपचारका लागि पाटन अस्पताल लगेको थियो ।रातिबाट थालिएको अनुसन्धानका क्रममा पठाओ बुक लगेर लैजाने २१ वर्षीय सुमन तामाङ र धापाखेलमा बन्धक बनाउन सहयोग गर्ने उनका साथी मिनराज राईलाई पक्राउ गरिएको पोखरेल बताए ।

ललितपुर प्रहरीका एसपी सिद्धिविक्रम शाहका अनुसार आइतबार बिहान दुई जनालाई बलम्बुस्थित चन्द्रागिरी रिकन्डिसन सोरुममा राइडरको मोटरसाइकल विक्री गर्न लागेको अवस्थामा पक्राउ गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार