हास्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण भएको छ। उनलाई दोस्रो पटक कोरोना संक्रमण भएको हो।यसअघि दोस्रो लहरमा पनि उनी कोरोना संक्रमित भएका थिए।
पहिलो पटक कोरोना संक्रमण हुँदा उनको स्वास्थ्यवस्था जटिल बनेको थियो।आफूलाई कोरोना संक्रमण भएको जानकारी गराउँदै गजुरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘पहिलोजस्तो सातो लिने र दोस्रोजस्तो ज्यानै लिने चाहिं होइन, तर थला चाहिं राम्रै पार्दो रहेछ।
ढुक्कसँग उपचार गरौं, केही नहुञ्जेल केही पनि हुँदैन।’





