Logo
१३ श्रावण २०८३, बुधबार
|  Thu Jul 30 2026

एकैपटक ६ कम्पनीले पाए आईपीओ निष्कासनको अनुमति, कसको कति कित्ता


नेपाल धितोपत्र बोर्डले एकै पटक ६ वटा कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ। बोर्डले आइतबार बालेफी हाइड्रोपावर, ग्रिन भेन्चर, नेष्डो समृद्धि लघुवित्त, जालपा सामुदायिक लघुवित्त, राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपाललाई आईपीओ निष्कासनको अनुमति दिएको हो।

बोर्डले बलेफी हाइड्रोपावरलाई ३६ लाख ५५ हजार ९४० कित्ता, ग्रिन भेञ्चरलाई ६२ लाख ५० हजार कित्ता, नेष्डो लघुवित्तलाई ८ लाख २५ हजार कित्ता आईपीओ निष्कासनको अनुमति दिएको हो।

यस्तै जाल्पा लघुवित्तले ५ लाख २२ हजार कित्ता, राष्ट्र उत्थान लघुवित्तले ८ लाख ५० हजार कित्ता र इमर्जिङ नेपालले ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ निष्कासनको अनुमति पाएको बोर्डले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार