Logo
२०८१, २० आश्विन आईतवार
|  Sun Oct 6 2024

काठमाडौंको फोहोर भोलिबाट उठाइने


काठमाडौ उपत्यकाको फोहोर भोलिदेखि उठाइने भएको छ । करिब एक महिनादेखि सडक किनारा, चोक र गल्लीमा फालिदै आएको फोहोर भोलिदेखि उठाउने निर्णय भएको काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए ।
महानगरपालिकाका प्रमुख सहित उपत्याकाका प्रमुख जिल्ला अधिकारी र सरोकारवालाहरुको मंगलबार बसेको बैठकले फोहोर उठाउने निर्णय गरेको हो । नुवाकोटको सिसडोलमा फालिँदै आएको फोहोर स्थानीयको अबरोधका कारण उठ्न सकेको थिएन ।
स्थानीयसँग फोहोर व्यवस्थापनका विषयमा ठोस सहमति नभएपनि महानगरपालिकाका प्रमुख र सरोकारवाला निकायको बैठकले भने फोहोर उठाएर सिसडोल लैजाने निर्णय गरेको हो । हिलाम्मे बाटोलाई कारण देखाएर फोहोर लान नसिकएको बताउँदै आइएपनि त्यसभित्रको खास कारण भने अर्कै थियो । फोहोर लैँजादा कुनै समस्या आए बल प्रयोग गरिने समेत सहमति भएको बुझिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार