Logo
१३ असार २०८३, शनिबार
|  Sun Jun 28 2026

प्रहरीकै मोटरसाइकल लिएर भागेका कैदी एक महिनापछि पक्राउ


दाङको घोराही कारागारबाट एक महिनाअघि भागेका नाइके यमराज परियार पक्राउ परेका छन् । परियार आज सोमवार भारतबाट पक्राउ परेका हुन् । परियारलाई भारतबाट आजै घोराही ल्याइने एक प्रहरी अधिकृतले जानकारी दिएका छन् । परियार गएको पुस ८ गते दिउँसो प्रहरीको मोटरसाइकल लिएर भागेका थिए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पनि परियारको खोजीमा लागेको थियो । उनी बस्ने ठाउँको यकिन गरेपछि दुई दिन अगाडि दाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) मुकुन्दप्रसाद रिजाल भारत पुगेका थिए ।

कर्तव्य ज्यान मुद्दामा साढे सात वर्ष कैद भुक्तान गरिसकेका नाइके परियारलाई जिल्ला अदालतले २० वर्ष कैद सजाय तोकेको थियो । प्रहरीले आज बेलुकी पत्रकार सम्मेलन गरेर घटनाबारे विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार