Logo
१३ श्रावण २०८३, बुधबार
|  Thu Jul 30 2026

आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?


नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा पुगेको छ। तेजावी सुनको भाउ पनि ९३ हजार ५ सय रुपैयाँमा पुगेको छ।

चाँदीको भने मंगलबार तोलाको १५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १३ सय रुपैयाँमा कारोबार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार