Logo
१३ असार २०८३, शनिबार
|  Sun Jun 28 2026

वामदेव गौतम दम्पतीमा कोरोना संक्रमण


नेकपा एमालेका पूर्व नेता वामदेव गौतम दम्पतीलाई कोरोनाभाइरस संक्रमण भएको छ । वामदेव र उनकी पत्नी तुलसा थापा गौतमलाई कोरोना संक्रमण भएको उनका छोरा हरिश गौतमले जानकारी दिएका छन् ।

‘हामीहरूको घर पनि कोरोनाबाट पीडित भएको छ । बाबा आमालाई शीघ्र स्वास्थ्य लाभको कामना छ,’ हरिशले सामाजिक सञ्जालमा लेखेका छन् ।

एमाले अध्यक्ष केपी ओली पनि कोरोना संक्रमित भएका छन् भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कोरोनालाई जितिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार