बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज छापावाला सुन तोलामा ४०० रुपैयाँले बढ्दै ९४ हजार ४०० रुपैयाँ कायम भएको हो ।
यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा ४०० रुपैयाँले नै बढ्दै ९३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
चाँदीको मूल्य भने आज स्थिर रहँदै गत मंगलबारकै मूल्य प्रतितोला एक हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।








