Logo
१३ असार २०८३, शनिबार
|  Sun Jun 28 2026

प्रदेशसभा सदस्य चढेको गाडी दुर्घटना


राष्ट्रियसभा सदस्य निर्वाचनमा भोट हाल्न दाङको घोराही आउँदै गर्दा लुम्बिनी प्रदेशसभा सदस्य तुलसी चौधरी सामान्य घाइते भएका छन्।उनी सवार शुद्धोदन गाउँपालिकाको बा२झ ३४४४ नंको स्कारपिओ गाडी गढवा गाउँपालिकाको कालाकाँटेमा लु१प २५८४ नं को  ट्रकसँग ठोक्किएर  दुर्घटना भएको हो ।

दुर्घटनामा सांसद चौधरीको हातमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता मुकुन्द रिजालले जानकारी दिए।

सो गाडीमा सवार गाउँपालिका अध्यक्ष किशुचन्द चौधरी र उपाध्यक्ष शान्तादेवी ज्ञवाली पनि घाइते भएका छन्।


प्रतिक्रिया दिनुहोस !
विचार