Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

खनालको स्वास्थ्य अबस्था बुझ्न प्रचण्ड एकाबिहानै डल्लुमा


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिल्लीमा उपचार गरी स्वदेश फर्किएका नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललाई भेटेका छन् ।
खनालको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड बुधबार बिहानै खनाल निवास डल्लु पुगेका थिए । दिल्लीमा मिर्गौला प्रत्यारोपण गरी स्वदेश फर्किएका खनाललाई प्रचण्डले स्वास्थ्यमा विशेष ध्यान दिन सुझाएको उनको सचिवालयले जनाएको छ ।

नेकपा एमाले परित्याग गरी एकीकृत समाजवादीमा लागेका खनालले आफ्नो जिन्दगी नाफाको जिन्दगी भएका कारण देश र जनताको सेवा बाहेक आफूले अरु केही नदेखेको बताउँदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार