Logo
९ मंसिर २०८३, बुधबार
|  Wed Nov 25 2026

अमेरिकाबाट बच्न भन्दै उत्तर कोरियाले गर्‍यो थप दुई मिसाइल परीक्षण


उत्तर कोरियाले छोटो दूरीको थप दुई मिसाइल परीक्षण गरेको छ। दक्षिण कोरिया र जापानले बिहीबार दिएको जानकारीअनुसार उत्तर कोरियाले समुद्रमा उक्त दुई मिसाइल परीक्षण गरेको हो।

उत्तर कोरियाले अमेरिकाबाट आफूलाई उत्पन्न जोखिमबाट बच्नको लागि भन्दै निरन्तर ब्यालेस्टिक मिसाइल परीक्षण गर्दै आइरहेको छ। जनवरीमा मात्र उत्तर कोरियाले गरेको यो छौटौं मिसाइल परीक्षण हो। दक्षिण कोरियाले ज्वइन्ट चिफ्स अफ स्टाफले यो मिसाइल परीक्षणको घोषणा गरेको हो।

अल जाजिराका अनुसार यो मिसाइल उत्तर कोरियाको पूर्वी समुद्री सहर हामहुङबाट परीक्षण गरिएको हो। उक्त मिसाइल करिब ११९ किलोमिटर टाढा खसेको समाचारमा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार