Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

मन्त्री पद नै त्यागेर माधव नेपालको पार्टीमा प्रवेश


मन्त्री पद नै त्यागेर वागमती प्रदेशका समाजिक विकास मन्त्री कृष्ण खनाल माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा लागेका छन् । मन्त्री बनेको १५ दिन नपुग्दै मन्त्री पदबाट राजीनामा दिएर खनाल समाजवादी पार्टीमा लागेका हुन् ।
खनाल अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनेकै दिन मन्त्री नियुक्त भएका थिए । शाक्य नेतृत्वको सरकारमा मन्त्री भएपछि खनाल एमालेमै रहने अनुमान गरिएपनि मन्त्रीबाट राजीनामा दिएर उनी माधव नेपाल नेतृत्वको समाजवादी पार्टीमा लागेका छन् । खनालले बुधवारमात्रै प्रदेश निर्वाचन कार्यालय हेटौंडा पुगेर नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका थिए । यसअघि एमालेको केन्द्रीय सदस्य समेत रहेका खनाल चितवनबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

खनलासहित एमालेका १२ प्रदेशसभा सदस्यले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी रोजेपछि अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको छ भने शाक्यले तत्काल राजीनामा दिनुपर्ने बताउँदै विपक्षीहरुले समाजवादीका राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीमा अघि सार्ने तयारी गरिरहेका छन् । विभाजनसँगै सरकार अल्पमतमा परेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार