Logo
१२ श्रावण २०८३, मंगलवार
|  Wed Jul 29 2026

आज पनि घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?


नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्यमा गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार बिहीबारको तुलनामा सुनको भाउ प्रतितोला ९ सय रुपैयाँले घटेको हो। बिहीबार पनि सुनको भाउ समान रकमले घटेको थियो।

यससँगै छापावाल सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा झरेको छ। तेजावी सन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको भाउ पनि बिहीबारको तुलनामा प्रतितोला २५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार