Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

झलनाथलाई उपचार खर्च दिएकोबारे सर्वोच्चले सरकारसँग माग्यो लिखित जवाफ


पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई विदेशमा उपचार गर्न सरकारी ढुकुटीबाट रकम दिएकोबारे सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ माग गरेको छ ।

बुधबार न्यायाधीश ईश्वरप्रसाद खवितडाको एकल इजलासले सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको हो । मिर्गौला रोगको उपचारका लागि भारतको दिल्ली गएका पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपचारका लागि भन्दै तत्कालिन केपी शर्मा ओली सरकारले ३१ लाख रुपैयाँ सहयोग दिएको थियो । तर, भदौ १३ गते अधिवक्ता विमल पोखरेलले विदेशमा गरिएको उपचार खर्च राज्यकोषबाट व्यहोर्नु जनस्वास्थ्य ऐन २०७५ विपरीत हुने भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र झलनाथ खनाललाई विपक्षी बनाई रिट दायर गरेका थिए । सोही रिटमाथिको सुनुवाईका क्रममा सर्वोच्चले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।


प्रतिक्रिया दिनुहोस !
विचार