Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

सभापतिको उम्मेदवार छान्न पौडेल पक्षको दिनभर बैठक, तर लागेन टुंगो


संस्थापन पक्षइतरबाट साझा उम्मेद्वार तय गर्नका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले छलफललाई तिब्रता दिएको छ । आसन्न महाधिवेशनमा सभापतिसहित पदाधिकारीका उम्मेदवार चयन गर्न पौडेल समूहको बैठकका नेताहरुले आज दिनभर बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक गरे ।

वडा अधिवेशन अघि नै सभापतिको उम्मेदवार चयन गर्न पौडेल समूहका नेताहरु निरन्तर छलफलमा रहेपनि कुनै निर्णय भने भएको छैन । भेलामा १४ औं महाधिवेशन नेपाली काँग्रेसको एकताको महाधिवेशनु पर्ने विषयमा छलफल भएको काँग्रेस नेतृ सुजाता कोइरालाले जानकारी दिइन् । उनले पार्टीभित्र देखिएका समस्या समाधान गर्दै अगाडि बढ्नु पर्ने बताउदै पार्टी भित्रका हरेक नकारात्मक प्रवृतीलाई हटाउदै संस्कारगत राजनीति गर्नुपर्नेमा जोड दिइन् ।
क्रियाशील सदस्यका बारेमा भइरहेका विवादलाई समाधान गर्दै अडाडि बढ्नु पर्नेमा नेपाली काँग्रेसका नेता रामशरण महतले जोड दिए । उता युवा नेता कल्याण गुरुङले भने सभापति पदका लागि बुधबार नै उम्मेद्वारी घोषणा गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार