प्रधानमन्त्री तथा कांग्रेस सभापति निकट मानिएका नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले केन्द्रीय सदस्य र नेपाल दलित संघको अध्यक्षबाट राजीनामा दिएका छन् । बुधबार पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै लेखेको राजीनामा पत्रमा उनले निर्वाचन निर्देशिकाप्रति आपत्ति जनाएका छन् ।
१३ औं महाधिवेशनसम्म प्रत्येक वडाबाट दलित महाधिवेशन प्रतिनिधि सुनिश्चित गरिएकोमा विधानको गलत व्याख्या गरेर दलित समुदायलाई पार्टी प्रवेश र प्रतिनिधित्वमा निषेध गरेको उनको आरोप रहेको छ । निर्देशिका मान्य नभएको भन्दै उनले दलित संघको अध्यक्ष र कांग्रेस केन्द्रीय सदस्य दुवै पदबाट राजीनामा दिएको बताएका छन् ।