Logo
१४ आश्विन २०८३, बुधबार
|  Wed Sep 30 2026

आज पनि घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?


साताको पहिलो दिन आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २०० रूपैयाँ तोकिएको छ।

गत शुक्रवार प्रतितोला ९२ हजार ६०० रूपैयाँमा कारोबार भएको थियो। यस्तै‚ आइतवार तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रूपैयाँ तोकिएको छ। यसको मूल्य शुक्रबार प्रतितोला ९२ हजार १०० रूपैयाँ थियो।

त्यस्तै‚ आइतवार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ ले घटेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार २५० रूपैयाँमा तोकिएको महासंघले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार