नेपाल दलित संघका काठमाडौं जिल्ला उपाध्यक्ष तथा कान्छा महाधिवेशन प्रतिनिधी राजु सुनारले पदबाट राजीनामा दिएका छन् । बुधबार पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै लेखेको राजीनामा पत्रमा उनले निर्वाचन निर्देशिकाप्रति आपत्ति जनाएका छन् ।
१३ औं महाधिवेशनसम्म प्रत्येक वडाबाट दलित महाधिवेशन प्रतिनिधि सुनिश्चित गरिएकोमा विधानको गलत व्याख्या गरेर दलित समुदायलाई पार्टी प्रवेश र प्रतिनिधित्वमा निषेध गरेको उनको आरोप रहेको छ ।
निर्देशिका मान्य नभएको भन्दै उनले नेपाल दलित संघको काठमाडौं जिल्ला उपाध्यक्ष र महाधिवेशन प्रतिनिधी दुवै पदबाट राजीनामा दिएको बताएका छन् ।