Logo
२०८१, ३० आश्विन बुधबार
|  Wed Oct 16 2024

पौडेल पक्षको दाबी : सभापतिको साझा उम्मेदवार घोषणा गरिन्छ


नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षले १४औं महाधिवेशनमा आफूहरुका तर्फबाट साझा उम्मेद्वार चयन गर्ने जनाएको छ । बिहिबार सानेपामा पत्रकार सम्मेलन गर्दै पौडेल पक्षले साझा उम्मेदवार चयन गर्ने बताएको हो ।
पौडेल पक्षको पत्रकार सम्मेलनमा महामन्त्रीको उम्मेदवारी घोषणा गरिसकेका गगन थापा पनि सहभागि थिए । महामन्त्रीको उम्मेदवारी घोषणा गरिसकेका थापा पनि पत्रकार सम्मेलनमा उपस्थित भएपछि थापा पौडेल पक्षबाट महामन्त्रीको आधिकारिक उम्मेदवार रहेको बुझिएको छ ।
वडा अधिवेशन सुरु हुनु अघिल्लो दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा पौडेल सहित महामन्त्री डा. शशांक कोइराला, शेखर कोइराला, सुजाता कोइराला, प्रकाशमान सिंह, अर्जुनरसिंह केसी लगायतका नेताहरु उपस्थित थिए ।

आफूहरुको एकता महाधिवेशन सम्मै रहने दाबी गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई जोगाउँनका लागि पनि आफूहरु एक ठाउँमा उभिनुको विकल्प नरहेको बताएका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार