Logo
२२ कार्तिक २०८३, आईतवार
|  Sun Nov 8 2026

सुधार गृहमा किशोरको मृत्यु‚ हत्याको आशंका


पनौती नगरपालिका–८ मल्पीमा रहेको सुधार गृहमा एक किशोरको मृत्यु भएको छ। होम पुनःस्थापना केन्द्र नामक सुधार गृहमा राखिएका मण्डनदेउपुर नगरपालिका–१० का १७ वर्षीय सुहोन श्रेष्ठको सोमबार मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेले सुहोन बिरामी परेपछि उपचारका लागि अस्पताल ल्याउने क्रममा मृत्यु भएको बताएको छ। तर‚ मृतकका आफन्तले भने कुटपिटका कारण मृत्यु भएको दाबी गरेको छ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख राजन कोइरालाले घटनाबारे अनुसन्धान भइरहेको बताए।


प्रतिक्रिया दिनुहोस !
विचार