माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी प्रदेश नम्बर २ मा एमाले भन्दा ठूलो दल बनेको छ ।
प्रदेश २ मा यसअघि एमालेका २१ सांसद रहेकोमा ११ जनाले एकीकृत समाजवादी रोजेपछि एमाले भन्दा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी ठूलो बनेको हो । निर्वाचन आयोगले दल रोज्नका लागि सांसदहरुलाई २२ गतेसम्मको समय दिएपछि एमाले र नेकपा एकीकृत समाजवादी पार्टीमा सांसद रोक्ने र तान्ने काम तीव्र गतिमा चलिरहेको छ ।
एमाले आफ्ना सांसद जोगाउँने रणनीतिमा रहेको छ भने माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी एमालेमा रहेका सांसदहरुलाई आफूतिर तान्ने कसरतमा छ ।