Logo
१२ श्रावण २०८३, मंगलवार
|  Wed Jul 29 2026

इमर्जिङ नेपालले साढे ५ करोडको आईपीओ निष्काशन गर्ने


इमर्जिङ नेपाल लिमिटेडले माघ २६ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओ जारी गर्न लागेको हो।

कम्पनीले निष्कासन गर्न लागेको कुल ५ लाख ५५ हजार कित्ता सेयरमध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ। सर्वसाधारणले बाँकी ५ लाख १६ हजार ७०८ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

सो आईपीओमा छिटोमा फागुन १ गते र ढिलोमा फागुन ११ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार