कोरोनाका कारण लामो समयदेखि बन्द गरिएको पशुपतिनाथ मन्दिर खोल्ने तयारी गरिएको छ ।
नेपाली महिलाहरुको महान चाड तीजको आसपास पारेर मन्दिर खोल्ने तयारी भइरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
मन्दिर खोल्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग परामर्श गरिएको र स्वास्थ्य मापदण्ड अपनाएर मन्दिर खोल्ने तयारी भइरहेको बताइएको छ । पछिल्लो पटक कोरोनाको जोखिम बढ्दै गएको भन्दै सरकारले गत वैशाख पहिलो सातादेखि पशुपतिनाथ लगायत देशका विभिन्न मठ मन्दिर बन्द गरेको थियो । तर, मठ मन्दिर बन्द गरिएपनि भक्तजनहरुको उपस्थिती भने मन्दिर बाहिर बाक्लो मात्रामा रहेको थियो ।