नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमाले पार्टी छाडेका छन् । ओलीको कार्यशैलीप्रति असन्तुष्टी जनाउँदै आएका गौतमले एमालेको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको उनको सचिवालयले पुष्टी गरेको छ ।
गौतमले स्वकीय सचिवमार्फत एमाले कार्यालय सचिव शेरबहादुर तामाङकोमा राजीनामा पत्र पठाएका छन् । एमाले त्यागेपनि उनी माधवकुमार नेपालको पार्टीमा जाने सम्भावना भने नरहेको उनी निकट स्रोतले जनाएको छ ।
माधव नेपालले जनताको बहुदलीय जनवादलाई पार्टी दस्तावेजमा समावेश नगरेका कारण उनी सो पार्टीमा नरहने बुझिएको छ । उनी निकट स्रोतले भन्यो ः अब केहीदिनमा नै तपाईँहरुले अलग्गै पार्टीबारे जानकारी पाउनुहुनेछ ।