नेपाली बजारमा आज पनि सुनको मूल्यमा वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार सुनको मूल्य मंगलबारको तुलनामा प्रतितोला ३ सय रुपैयाँले बढेको हो।
यससँगै छापावाल सुनको भाउ ९२ हजार २ सय रुपैयाँमा पुगेको छ। तेजावी सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।
चाँदीको भाउ पनि बुधबार तोलामा १५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ।




