गएराति परेको वर्षाका कारण काठमाण्डौ उपत्यकाका विभिन्न स्थानमा डुवानमा परेका छन् । डुबानमा कारण कतिपय स्थानमा घरबाट बाहिर निस्कँन समेत बिहान केहीबरे मुस्किल भएको थियो । काठमाडौंको अनामनगर, रातोपुल, कालोपुल, बल्खु लगायत खोलाको किनार क्षेत्रका करिडोर जलमग्न भएका छन् भने वाग्मती नदीमा आएको बाढीले बल्खुमा पार्किङमा राखेको केहि साना गाडी बगाएको प्रहरीले जनाएको छ । त्यस्तै बल्खुको फलफूल तरकारी बजार पनि डुबानमा परेको छ ।
उपत्यकाका सडकका धेरै ठाउँ पनि जलमग्न भएका छन् । बर्षाका कारण बाग्मती, विष्णुमति, इच्छुमति, धोबीखोला, बल्खुखोला, मनोहरा खोला, सामाखुशीखोला लगायतका नदीहरुमा बाढी आएको छ । नदीहरुमा पानीको सतह सडक भन्दा माथिसम्म आएको छ । पानी अझै केहीदिन पर्न सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको. छ ।