देशभर हाल पश्चिमी वायुको प्रभाव रहेकोले केही क्षेत्रमा वर्ष र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर सुदुरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशमा साथै अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ।
आज दिउँसो केही क्षेत्रमा मेघ गर्जनसहित वर्षा हुने पूर्वानुमान रहेको छ। ुदिउँसो सुदूरपश्चिम , कर्णाली , लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली र वागमती प्रदेशमा सामान्य वदली रही अन्य प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रहने सम्भावना रहेको छ,’ महाशाखाको मौसम बुलेटिनमा भनिएको छ, ‘सुदूरपश्चिम , कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थानहरु तथा गण्डकी र वागमती प्रदेशका केही स्थानहरुमा मेघ गर्जनरचटयाङ सहित हल्का देखि मध्यम वर्षा र अन्य प्रदेशका पहाडी भूभागहरुका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।’
त्यसैगरी पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको उल्लेख गरिएको छ। ‘सुदुरपश्चिम, कर्णाली , लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा तथा वाग्मती प्रदेश र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ,’ बुलेटिनमा उल्लेख छ।








