नेपालमा राजसंस्था र सनातन हिन्दू राष्ट्र पुनःघोषणाको माग गर्दै केहीदिनअघि बनेको संयुक्त जनआन्दोलन मोर्चाले आगामी असोज ३ गते राजधानीमा व्यापक जनप्रदर्शन गर्ने भएको छ । संयुक्त जनआन्दोलन मोर्चाका प्रचार विभाग संयोजक हेमविक्रम सिलवालले मंगलबार जारी गरेको विज्ञप्तीमा माइतिघरबाट ¥याली सहित नयाँ बानेश्वर पुगेर प्रदर्शन कोणसभामा परिणत हुने जनाइएको छ । मोर्चाका तर्फबाट संयोजक सिलवालले जारी गरेको विज्ञप्तीको पूर्ण पाठ यस्तो छ :
संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा
लामो समय को प्रयास मार्फत् विभिन्न संघसंस्था ‘ राजनीतिक दल ‘ बुद्धिजिवी पत्रकार ‘ साहित्यकार आम नागरिक हरु गोलबद्ध हुने प्रयास जारी छ । तथाकथित २०७२ को संविधानले निषेधलाई प्रशय दिई आफूले आफैलाई अग्रगामी र परम्परालाई पश्चगामि ढलकाउने आमनेपाली जनता समक्ष संविधान ७२ जारी गरियो । नेपाल आफै हिमवत खण्ड पशुपति ‘ सिद्धार्थ गौतम बुद्ध ‘ सीता माता जानकी ‘ गुरु गोरखनाथ ‘ मच्छिन्द्र नाथ आफैमा देवपाटन ऐतिहासिक रहेको मुलूक लाइ धर्मनिरपेक्षता जबरदरर्स्त लादियो । अनेकतामा एकता बाँधिएर राखिएको शाहवंशीय राजसंस्था लाई षड्यन्त्र पूर्वक विस्थापन गरियो । आज शाहवंशीय राजसंस्था को आवश्यकता आमनेपाली दाजुभाई तथा दिदीवहीनी हरुले महशूस गरेका छन् । व्यवस्था परिवर्तन गर्ने २ वटा तरीका इंकलाब ‘ शान्ति पूर्ण आन्दोलन अनि शसस्त्र आन्दोलन र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले अंहिशात्मक आन्दोलन को बाटो रोजेको छ । यही असोज ३ गते दिनको ११ बजे माइतिघर मण्डलामा भेला भई ऱ्यालि सहित नयाँ बानेश्वर मा पुगि बृहत आमसभा गरी चरणबद्ध आन्दोलनको उद्धघोष गरिने छ । यस कार्यक्रममा विभिन्न संघसंस्था ‘ धार्मिक संस्था ‘ विचार मिल्ने राजनीतिक दल लगायत संपूर्ण महानुभाव हरूलाई यस कार्यक्रममा उपस्थित भई राष्ट्र बचाउ आन्दोलनलाई सफल पारीदिनु हुन अनुरोध गर्दछौं ।
हाम्रा उद्देश्यहरू :
१ संवैधानिक राजसंस्था स्थापना
२ वैदिक सनातन हिन्दू अधिराज्य कायम
३. संस्थागत भ्रष्टाचारको अन्त्य
४ स्वास्थ्य र शिक्षा निशुल्क
५ कृषि र औद्योगिक क्रान्ति
६ स्वदेशमा रोजगारीको व्यवस्था
७ स्वच्छ छवि बोकेका र योग्य व्यक्तिहरू लाई प्रशासनिक अनि राजनीतिक जीम्मेवारी लिन प्रोत्साहन दिने
प् मानव अधिकार र प्रेस स्वन्तन्त्रताको ग्यारेण्टी
९ उद्येश्य प्राप्ति नहुन्जेल . गठबन्धन र मोर्चा कायम राख्ने
संयोजक हेम विक्रम सिलवाल
प्रचार प्रसार विभाग
संयुक्त जनआन्दोलन मोर्चा