Logo
१४ श्रावण २०८३, बिहीबार
|  Thu Jul 30 2026

साताको अन्तिम कारोबारको दिन दोहोरो अंकले घट्यो नेप्से


साताको अन्तिम कारोबारको दिन शेयर बजार दोहोरो अंकले घटेको छ । बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक १४ दशमलव ५८ अंकले घटेर २ हजार ८ सय ७६ दशमलव ७५ अंकमा झरेको हो । नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुो कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत ३.२६ अंकले घटेको छ ।

बिहीबार कारोबारको अधिकांश समय हरियो देखिएकोमा अन्तिममा दोहोरो अंकले घटेर कारोबार बन्द भएको हो । नेप्से परिसूचक घटेपनि कारोबार रकम भने उचालिएको छ । एकैदिन बिहीबार साढे ८ अर्ब माथिको शेयर किनबेच भएको छ ।

आज ४५ वटा कम्पनीको सेयर मूल्य सकारात्मक बन्दा १३७ कम्पनीको मूल्य घटेको नेप्सेले जनाएको छ। नौ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार