Logo
२२ कार्तिक २०८३, आईतवार
|  Sun Nov 8 2026

घुस रकमसहित वडासचिव पक्राउ


जग्गा नामसारी सिफारिसको लागि सेवाग्राहीसँग साढे तीन हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारामा एक वडा सचिवलाई नियन्त्रणमा लिएको छ।

कोल्हवी नगरपालिका-११ रामपुर्वाका वडासचिव नायव सुव्वा विनोदप्रसाद साहलाई सेवाग्राहीबाट लिएको रकमसहित आयोग हेटौडाको टोलीले उनकै कार्यालयबाट नियन्त्रणमा लिएको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए।

सेवाग्राहीले दिएको सूचनाको आधारममा आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले उक्त घुसबापत‍्को रकमसहित साहलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार