Logo
११ असार २०८३, बिहीबार
|  Thu Jun 25 2026

२८ औं सुदिप्त क्यान्सर सरभाइबर मिटमा क्यान्सर, ओमिक्रोन र भ्याक्सिन बारे छलफल


सुदिप्त क्यान्सर सरभाइबर मिटको नियमति श्रङ्खलामा क्यान्सर सरभाइबर र क्यान्सर रोगका विरामीले कोरोनाको ओमिक्रोन भेरियन्ट विरूद्धको खोल लगाउन हुने नहुने भन्ने विषयमा छलफल भएको छ ।

सरभाइबर र क्यान्सर रोगको उपचारमा रहेका विरामीले खोप लगाउन हुने नहुने भन्ने दुविधालाई चिर्न सरभाइबर मिटमा यसबारे छलफल गरिएको हो । स्वास्थ्य मन्त्रालयका विशेषज्ञ डाक्टर समिर अधिकारी सहित नेपाल क्यान्सर हस्पिटलका डाक्टरहरू वक्ता रहेको कार्यक्रममा क्यान्सर सरभाइबर र उपचारमा रहेका विरामीलाई ओमिक्रोन विरूद्धको खोप लगाउन सुझाव दिइएको हो ।

क्यान्सर रोगका गम्भीर प्रकृतिका विरामी वाहेक अन्यले कोरोना विरूद्धको खोप लगाउनुपर्ने धारणा चिकित्सकहरूले सरभाइबर मिटमा राखेका हुन् । क्यान्सर रोगको उपचार गराइरहेकाहरूले पनि चिकित्सको सल्लाह लिएर खोप लगाउन सकिने बारे कार्यक्रममा अवगत गराइएको हो । कार्यक्रmमा स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता समेत रहेका डा. अधिकारीले क्यान्सर सम्बन्धी जुनसुकै कार्यक्रममा पनि हातेमालो गर्न स्वास्थ्य मन्त्रालय तयार रहेको बताए ।  कार्यक्रममा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका विशेषज्ञ डाक्टहरू हरिप्रसाद ढकाल, मुरारीमान श्रेष्ठ र सचिन शाक्यले कोरोना, क्यान्सर र भ्याक्सिन बारे आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रमा हस्पिटलका कार्यकारी अध्यक्ष सुदिप श्रेष्ठले क्यान्सर रोग बारे आफ्नो धारणा राखेका थिए भने संस्थापक सञ्चालक सदस्य स्वरूपा श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार