जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आइपिओ आजदेखि बिक्री खुला भएको छ । लघुवित्तले ५ लाख २२ हजार कित्ता आइपिओ निष्कासन गरेको हो । जसमा ८ हजार कित्ता कर्मचारीका लागि र २६ हजार १ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
सर्वसाधारणले ४ लाख ८७ हजार ९ सय कित्ताका लागि आवेदन दिन सक्नेछन् । प्रतिकित्ता १ सय रुपैयाँमा आवेदन दिन सकिन्छ ।
२५ माघभित्र आइपिओ भरिसक्नुपर्नेछ । सी-आस्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत अनलाइनबाट सेयर भर्न सकिनेछ ।





