नेपाली बजारमा आज सुन चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको भाउ प्रतितोला २ सय रुपैयाँले घटेको हो।
यससँगै छापावाल सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा झरेको छ। तेजावी सुनको भाउ ९२ हजार रुपैयाँमा झरेको छ।
त्यस्तै चाँदीको भाउ पनि तोलाको ५ रुपैयाँले घटेको छ। यससँगै चाँदीको भाउ प्रतितोला १ हजार २५० रुपैयाँ पुगेको छ।




