Logo
११ असार २०८३, बिहीबार
|  Thu Jun 25 2026

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या बढ्दै, यस्तो छ पछिल्लो विवरण


नेपालमा पछिल्लो २४ घण्टामा २५२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ६५५ जनाको पीसीआर परीक्षणमा १६०२ र ४ हजार ४१८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९२४ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १६ कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ८४२५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

हाल देशभर ५६ हजार ४५७ संक्रिय संक्रमित छन् । ५५ हजार ९० संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने एक हजार ३६७ जना संस्थागत आइसोलेसनमा छन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार