Logo
१३ श्रावण २०८३, बुधबार
|  Wed Jul 29 2026

शेयर बजारमा दोहोरो अंकको गिरावट, पाँच अर्ब ८३ करोड रुपैयाँको कारोबार


साताको पहिलो कारोबारको दिन शेयर बजार परिसूचक नेप्से घटेको छ । नेप्से आज आइतवार ४० दशमलव ५७ अङ्कले घटेर दुई हजार आठ सय ३६ दशमलव १७ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर ओरालो लागेकोमा बीमा, विकास बैंक, उत्पादन र फाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ ।आज एक करोड ६ लाख कित्ता शेयर पाँच अर्ब ८३ करोड ६४ लाख रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावरको ५४ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भयो ।

आज विन नेपाल लघुवित्तको शेयर १० प्रतिशतले घटेको छ । यस्तै नेपाल लाइफ इन्स्योरेन्सको शेयर साढे सात प्रतिशत र बुद्धभूमि नेपाल हाइड्रोको शेयर साढे ६ प्रतिशतले ओरालो लागेको छ । समग्र बजार घट्दा पनि नेपाल हाइड्रोको शेयर आठ प्रतिशतले बढेको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार