Logo
११ असार २०८३, बिहीबार
|  Thu Jun 25 2026

कति थपिए आज कोरोना संक्रमित ? यस्तो छ पछिल्लो २४ घण्टाकाे विवरण


नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ३८६ जना कोरोना संक्रममित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार २५१ नमुना परीक्षण गरिएको थियो । ६ हजार ४४३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १८३ र दुई हजार ८०८ जनाको एन्टीजेन परीक्षण गर्दा २०३ गरी एक हजार ३८६ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । यस्तै आठ हजार ७०४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ४५ हजार २४८ संक्रिय संक्रमित छन् । ४३ हजार ९३२ संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने एक हजार ३१६ जना संस्थागत आइसोलेसनमा छन् ।

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ लाख ६८९ पुगेको छ । यस्तै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ६१४ पुगेको छ भने ९ लाख ९ हजार ३४३ जना संक्रमणमुक्त भएका छन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार