काठमाडौंको चन्द्रागिरीमा हिउँ खेल्न जाँदा बेपत्ता भएका एकै परिवारका पाँच जनाको प्रहरीले सकुशल उद्धार गरेको छ। आइतवार उनीहरु चन्द्रगिरीमा हिउँ खेल्न निस्केका थिए। राति ८ बजे पाँचै जना बेपत्ता भएको खबर प्राप्त भएको प्रहरीले जनायो। खबर पाउनसाथ प्रहरी खोजमा उत्रेको थियो।
पाँचै जनालाई राति सवा एक बजे चन्द्रगिरी जंगलमा सकुशल फेला पारेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिए। काठमाण्डौ चन्द्रागिरी नगरपालीका वडा नं. ६ महादेवस्थान बस्ने २३ वर्षीया रिता गुरुङ, १५ वर्षे सौभाग्य गुरुङ, १३ वर्षे सहज गुरुङ, ११ वर्षे जेनिसा गुरुङ, र ७ वर्षे एरविन गुरुङ सँगै हिँउ खेल्न निस्किएका थिए।
उनीहरुको खोजीमा प्रहरी नायब उपरीक्षक डिल्लिनारायण पाण्डेय र महानगरीय नगर प्रहरी कार्यालय भृकुटिमण्डपबाट प्रहरी नायब उपरीक्षकको कमाण्डमा बिपद् व्यवस्थापन गुल्म सामाखुसी समेतको टोली गरी ३७ जनाको टोली खटेका थिए।








