Logo
२८ श्रावण २०८३, बिहीबार
|  Thu Aug 13 2026

काठमाडौंमा आजदेखि फाइजर खोपको दोस्रो मात्रा, कहाँ कहाँ लगाइँदैछ ?


काठमाडौ‌मा आजदेखि आगामी फागुन ५ गतेसम्म कोरोनाभाइरसविरुद्ध फाइजर खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम सञ्चालन हुने भएको छ। जिल्ला खोप समन्वय समिति काठमाडौँको यही माघ २० को निर्णयअनुसार महानगरले फाइजरको दोस्रो मात्रा खोप लगाउने सूचना सार्वजनिक गरेको हो।

महानगरको स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीले जारी गरेको सूचना अनुसार तोकिएको मितिमा शनिबारबाहेक अन्य सबै दिन बिहान १० बजेदेखि ४:०० बजेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ।

यसरी खोप लगाउनका लागि कामपा ३२ वटै वडाको खोप समन्वय समितिको निर्णयअनुसार विद्यालयमा खोप केन्द्र तोकी कार्यक्रम सञ्चालन गर्नुपर्ने छ। सूचनाअनुसार खोप लगाउन लक्षित समूहमा १२ देखि १७ वर्ष उमेर समूहका पहिलो खोप लगाइ २१ दिन पूरा भएका बालबालिकाले पहिलो मात्रा खोप लगाएको खोप कार्डको साथमा नजिकको खोप केन्द्रमा जानुपर्ने छ।

खोप कार्यक्रम सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न पनि कामपाले आग्रह गरेको छ। कोरोनाको तेस्रो लहर चलिरहँदा सरकारले खोप कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाइरहेको छ।


प्रतिक्रिया दिनुहोस !
विचार