Logo
१४ श्रावण २०८३, बिहीबार
|  Thu Jul 30 2026

दोहोरो अंकले बढ्यो शेयर बजार


आइतवार घटेको शेयर बजार सोमवार भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ६९ अङ्कले बढेर दुई हजार आठ सय ५१ दशमलव ८६ विन्दुमा पुगेको छ ।

दिनभर भएका ६६ हजार ११३ कारोबारबाट २२४ कम्पनीका ९५ लाख १२ हजार ५ सय ८० कित्ता शेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ५ अर्ब २ करोड २० लाख १७ लाख १८१ रुपैयाँमा सीमित भएको छ ।

आज  सबैभन्दा धेरै निफ्राको ४९ करोड ३४ लाख रुपैयाँको शेयर किनबेच भयो ।  निफ्राको शेयर सबैभन्दा धेरै झन्डै साढे आठ प्रतिशतले र छ्याङ्दी हाइड्रोको शेयर झन्डै ६ प्रतिशतले बढेको छ । आज बुद्धभूमि नेपाल हाइड्रोको शेयर भने साढे चार प्रतिशतले घटेको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार