४ दिने नेपाल भ्रमणमा आएकी एमसीसी उपाध्यक्ष फातिमा सुमारले राजनीतिक दलका नेताहरुसँगको भेटघाट सकेकी छिन् ।
नेपाल आए लगत्तै सबैभन्दा पहिला एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेकी सुमारले दोस्रो भेट नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग गरेकी थिइन् । सुमारले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि लिएर पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराइ र प्रधानमन्त्री शेरबहादुर देउवासम्मलाई भेटिन् ।
उर्जामन्त्री अर्थमन्त्री देखि लिएर सुमारले संसदीय समितिका नेताहरुसम्मलाई भेटिन् । प्रत्येक सँगको भेटमा एमसीसी छिटो भन्दा छिटो संसदबाट पारित गराउँन उनले आग्रह गरिन् भने पारित नगरेको खण्डमा एमसीसी सहयोग अरु कुनै देशमा जाने चेतावनी समेत दिइन् । एमसीसी सैन्य रणनीति अन्तर्गत नभएको, नेपालको संविधान र कानुनमा कुनै पनि बाधा गर्ने मनसाय नरहेको लगायतका स्पष्टीकरण दिँदै उनले नेताहरुलाई विश्वासमा लिने प्रयास गरिन् । तर, भेटघाट गरेका मध्ये अधिकांश नेताबाट सकारात्मक जवाफ नपाएपछि फातिमा निराश हुँदै आइतबार स्वदेश फर्कदै छिन् ।