नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ११ हजार ३६५ नमुना परीक्षण गरिएको थियो । ७ हजार ८७४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार २२ र तीन हजार ४९१ जनाको एन्टीजेन परीक्षण गर्दा ५४८ गरी एक हजार ५७० जनामा संक्रमण पुष्टि भएको छ
हाल देशभर ४० हजार १११ संक्रिय संक्रमित छन् । जसमध्ये ३८ हजार ८८३ संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने एक हजार २२८ जना संस्थागत आइसोलेसनमा छन् ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ भने ६ हजार १४६ जना संक्रमणमुक्त भएका छन् ।





