Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

एमसीसीको विरोध गर्दा स्वागत नेपाल पक्राउ ( भिडियो हेर्नुहोस् )


उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष तथा अधिवक्ता स्वागत नेपाल पक्राउ परेका छन् ।
एमसीसी सम्झौताको कडा विरोध गर्दै आएका नेपाल शनिबार दिउँसो पक्राउ परेका हुन् । शुक्रबार राती पार्टीका नेता तथा कार्यकर्ता एमसीसी उपाध्यक्ष फातिमा सुमार बसेको होटेल मेरियट छिरेर विरोधपत्र बुझाउन गरेको प्रयास तथा त्यसक्रममा भएका प्रहरी धरपकडबारे जानकारी दिन नेपालले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेका थिए ।
पत्रकार सम्मेलन सकेर बाहिरिने क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो । पत्रकार सम्मेलन सकेर बाहिरिदै गर्र्दा नेपाल लगायतका उन्नत लोकतन्त्र पार्टीका नेता कार्यकर्ताले एमसीसीका विरुद्धमा नाराबाजी गरेका थिए । पूरा जानकारीका लागि भिडियो क्लिक गर्नुहोला ।


प्रतिक्रिया दिनुहोस !
विचार