प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अबरोधकाबीच आजपनि संसद बैठक बस्दैछ । एमाले विभाजनमा सभामुख मतियार बनेको भन्दै सभामुखले आत्मालोचना नगरेसम्म बैठक अबरोध गर्ने नीति नेकपा एमालेले लिएको छ ।
दिउँसो १ बजेका लागि बोलाइएको बैठक शुरु हुनासाथ रोष्ट्रम घेराउ गर्ने यसअघि नै एमालेले चेतावनी दिइसकेको छ । सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएपछि आज पहिलोपटक पहिलोपटक प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्न लागेको हो । सरकारले गत शुक्रबार प्रतिष्थापन विधेयकबाट बजेट पास गरेको थियो । आजको बैठकमा सरकारले विभिन्न अध्यादेशहरु पेश गर्ने कार्यक्रम रहेको छ ।
केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका अध्यादेशहरु अघि बढाउन लाग्दा केपी ओली नेतृत्वको दलले नै बैठक अबरुद्ध गर्न लागेको भन्दै सत्तारुढ दलका नेताहरुले भने आक्रोश व्यक्त गरेका छन् ।