Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

पार्टी कार्यालय उदघाटन गर्दै माधव नेपालले भने-‘एक हप्ताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाँउछ’


नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अबको एक हप्ताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । मिनभवनस्थित केन्द्रीय कार्यालय उदघाटन गरेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिंदै नेपालले सो कुरा बताएका हुन् । पत्रकारहरुले सोधेको प्रश्नमा उनले भने ‘म प्रधान्मन्त्री भएको भए ठ्याक्कै भनिदिन्थें, आशा गरौं, यो हप्ताभित्र हुने छ ।’

नेपालले आफ्नो पार्टीका नेता र आफ्नो पार्टी अरूभन्दा फरक हो भन्ने मान्यता स्थापित गरेर अघि बढ्ने बताए । नयाँ पार्टी कार्यालयमा पार्टी अध्यक्षको पदभार ग्रहण गर्दै अध्यक्ष नेपालले आफूहरूले अरू नेताहरूको जस्तै गफ लगाएर मात्र छाड्ने होइन काम गरेर देखाउनेसमेत प्रतिबद्धता जनाए।

कार्यक्रममा अध्यक्ष नेपालले तत्काल अरू पार्टीहरूसँग कुनै प्रकारको एकीकरण पनि नगर्ने पनि प्रस्ट पारे। त्यस्तै उनले अहिले रहेको पाँच दलको गठबन्धनलाई आगामी निर्वाचनसम्म कायम राखेर अघि बढ्ने स्पष्ट पारे।


प्रतिक्रिया दिनुहोस !
विचार